मेस्सीद्वारा म्याराडोनालाई श्रद्धाञ्जली

म्याराडोनाले हामीलाई छोड्देको छैन , उहाँ अमर हुनुहुन्छ ‘, लिओ मेस्सीले आफ्नो इन्स्टाग्राम मार्फत नापोली लिजेन्डलाई श्रद्धांजलि अर्पण गरे।

“सबै अर्जेन्टिनी र फुटबलको लागि दु:खको दिन हो।उहाले हामीलाई छोडेर गएता पनि सबैको लागि अमर रहने छ, “मेस्सीले माराडोनासँगैको तस्विर पोष्ट गर्दै इन्स्टाग्राममा लेखे।

“म उहाँसँगै बिताएका सबै राम्रा क्षणहरू सधै सम्झिने छु र म उहाको परिवार र साथीहरूलाई धैर्य धारणको लागि कमना गर्छु। आत्माले शान्ति पाओस्।”

माराडोनाले सन २००८ देखि २०१० सम्म लियो मेस्सीलाई अर्जेन्टिनाको मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिए।