मेस्सीद्वारा डि मरियालाई धन्यवाद व्यक्त

एजेन्सी, एन्जेल डि मारियाले लिओनेल मेस्सीले आफुलाइ निर्णायक गोल गरेकोमा धन्यवाद दिएको बताएका छन। उनको गोलमा लामो समय पछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय उपाधी जितेको थियो।

ब्राजिलविरुद्ध डि मारियाले गोल गर्दै १९९३ पछि पहिलो उपाधी जितेको हो।

३३ वर्षिय पिएसजी स्टारले केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलहरु चोटका कारण गुमाउन पुगेको थियो। अर्जेन्टिना २०१६ कोपा अमेरिका फाइनल पुग्दा उनी चोटका कारण फाइनल खेल गुमाए।

” यो अविस्मरणीय क्षण हुनेछ ” डि मारियाले खेल पछि भने ” मेस्सीले गोलको लागि धन्यवाद दियो ” ।

उनले थपे ” म मेरो छोरी, श्रिमती, आमा, बुवा र हामीलाई साथ दिनु हुने र यहाँ हेर्न आउने देखि एक्दम खुशी छु ” ।

” विश्व कप आउदै छ र यो हाम्रो लागि ठुलो प्रोत्साहन हुनेछ ” ।

अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनिले डि मारिया र डि पललाई मिडफिल्डको जिम्मा सुम्पिएको थियो र दुइले मध्यपंत्तिमा उत्कृष्ट प्रदशन गरे।

” हामिले सोचेको भन्दा धेरै हो यो। माराकानामा ब्रजिललाई हराउदै जित्नु आफैमा ठूलो कुरा हो ।”