“मेस्सीको साथ धेरै सिक्न चाहन्छु”

बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले क्लबका सुपरस्टार लियोनेल मेस्सी बार्सा मै रहनेमा आशावादी छन्। मेस्सीको अनुबन्ध जुनमा अन्त्य हुने छ र उनले क्लब छोड्न सक्ने धेरै चर्चा छ।

अर्को सिजन मेस्सीले बार्सा छोड्न सक्ने बारे धेरै चर्चा हुँदै गर्दा बार्साका युवा स्टार पेड्रीले सो बारे बोलेका छन्। पेड्रीले एल क्लब डेल डिपोर्टिस्टालाई भने: “जब म उनको छेउमा थिएँ, म उनलाई देखेर धेरै छक्क परेँ। उनलाई मैले टेलिभिजन वा भिडियो गेममा मात्र देखको थिए उनी सँगै खेल्ने कुरामा मैले लगभग विश्वास गरेन।

“मेस्सीसँग खेल्नु सजिलो छ किनकि जब तपाईँ उनलाई बल दिनुहुन्छ तपाईँलाई थाहा हुन्छ कि केही हुनेवाला छ। र यही हो जुन म गर्ने प्रयास गर्छु, राम्रो स्थितिमा उनलाई पास दिने ताकि यो टिमको लागि सबैभन्दा फाइदाजनक होस्।

 

“मलाई आशा छ म उहाँसँग धेरै वर्षसम्म नजिक हुन सक्छु। मेस्सी बार्सा मै रहे धेरै राम्रो हुने छ म उनको छेउमा धेरै चीजहरू सिक्न सक्छु जुन धेरै राम्रो हुने थियो।”