मेस्सीको साथ खेल्ने म्यान सिटीका स्टार डिफेन्डरको चाहना

म्यानचेस्टर सिटीका युवा डिफेन्डर एरिक गार्सिया बार्सिलोनामा जाने ’bout धेरै चर्चा हुँदै गरेको छ। उनको सिटी सँगको सम्झौता अन्त्य हुँदै छ र उनी सिजनको अन्त्य पछि बार्सा जाने जानकारी छ।

स्पेनिस डिफेन्डरले बार्साको एकेडेमीमा ९ वर्ष बिताएका छन् र बार्सामा फर्किने आफू धेरै इच्छुक रहेको र आफू बार्सा फ्यान रहेको एरिक गार्सियाले बताए।

बार्सामा फर्किने र मेस्सी सँग खेल्ने आफू धेरै इच्छुक रहेको उनले बताए। “युवा एकेडेमीमा नौ वर्ष बिताए पछि” र “मेस्सीको सँगै खेल्नु एकदमै खास कुरा हुनेछ, उनी विश्वको सर्वश्रेष्ठ खेलाडी हुन्। हामी हप्ता पछि हप्ता हेर्छौँ कि उनले के गर्न सक्छन् र यो अविश्वसनीय छ।”

सिटी सँग सम्झौता विस्तार नगरेकोमा पेप गार्डियोला सँग आफ्नो सम्बन्धमा असर नपरेको पनि उनले बताए।

“पेपसँगको मेरो सम्बन्ध मैले निर्णय लिनु अघि जस्तो छ अहिले पनि त्यही रहेको छ। मसँग एउटा सम्झौता छ र म सिटीमा केन्द्रित छु” गार्सियाले भने।