“मेस्सीसंग खेल्छु भन्न पाउनु गर्वको कुरा हो”

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले सीएनएन सँग कुरा गर्दै आफ्नो भविष्य, मेस्सी सँगको सम्बन्ध र आफ्नो लक्ष्य ’bout बोलेका छन्। ट्रान्सफर विन्डो नजिक रहेको बेला एम्बाप्पे रियल म्याड्रिडमा जान सक्ने धेरै चर्चा हुँदै गर्दा भने हाल उनले आफू रियल जाने वा नजाने ’bout खुलाएनन् भने आफ्नो सहर पेरिस तर्फ आफ्नो माया भने उनले व्यक्त गरे।

“म यहाँ बस्न पाउँदा खुसी छु … यो मेरो सहर हो। म फ्रेन्च हुँ … म यो सिजन सबै कुरा जित्न चाहन्छु। -एम्बाप्पेले सीएनएन सँग कुरा गर्दै बताए।

“पीएसजीको लागि खेल्ने निकै रमाइलो कुरा हो परिवार र साथीहरू सँग खेल्नु एक अद्भुत अनुभूति हो।

एम्बाप्पेलाइ सुपरस्टार मेस्सीको ’bout प्रश्न हुँदा उनले मेस्सी सँग खेल्न पाउनु निकै खुसीको कुरा रहेको दाबी गरे। मेस्सीलाई आफ्नो टिम मेटको रुपमा पाउनु र उनिबाट धेरै सिक्न पाउनु कुरा उत्कृष्ट रहेको एम्बाप्पेले बताए।

“मेरा मेरा साथीहरूलाई म मेस्सी सँग खेल्छु भन्न पाउनु मेरो लागि ठुलो खुसीको कुरा हो। हामीले उहाँलाई पेरिसमा देखेर रमाइलो गर्नुपर्दछ … यो खेलको इतिहासमा एउटा उत्कृष्ट क्षण हो।”

उनले २०२२मा आफ्नो लक्ष्य २०२२को च्याम्पियन्स लिग र विश्वकप दुवै जित्ने रहेको पनि खुलाए।

“रियल म्याड्रिड-पीएसजी वारे मैले देख्न वा भविष्यवाणी गर्न सक्ने एउटै कुरा पेरिस सेन्ट-जर्मेनको जित हो। – एम्बाप्पेले पिएसजी र रियल बिच हुने च्याम्पियन्स लिग राउन्डको १६को खेलवारे बोल्दै भने।

“यो कठिन, जटिल खेल हुनेछ – तर म २०२२मा च्याम्पियन्स लिग र विश्वकप दुवै जित्न चाहन्छु।”