मेस्सीको सम्मानमा खेलको दशौं मिनेटमा ताली

एजेन्सी, बार्सिलोनाका समर्थकहरुले जिआन ग्याम्पर ट्रफीका खेलको दसौं मिनेटमा लिओनेल मेस्सीको नाम लिदै बिदाइ गरेको छ ।

मेस्सीले आधिकरी रुपमा क्लब छोड्ने घोषणा गरे पछि बार्सिलोनाको यो पहिलो खेल हो ।

रोनाल्ड कोम्यानको टोलिले युभेन्टसलाई ३-० गोलको सहज जित निकाले जस्मा मेम्फिस डिपाए, मार्टिन ब्रैथ्वेट र रिकि पुइगले एक एक गोल गरे ।

मेस्सी बार्सिलोनाका खेलाडी नरहे पनि क्लबका समर्थकहरुले मेस्सी अंकित जर्सीहरु खेल दौरान लगाए ।

बार्सिलोनाले खेलको ३ औं मिनेटमा युसुफ डेमियरको पासमा डिपाएले गोल गर्न सफल भयो ।

रोनाल्डोको उत्कृष्ट प्रहारलाई बार्सिलोनाका गोलरक्षक नेटोले बचाउ गरे ।

त्यसपछिको केही मिनेटमा मार्टिन ब्रैथवेटको हेडरमा बार्साले २-० को अग्रता लियो ।

खेलको अतिरिक्त समयमा पुइगले गोल गर्दै बार्सिलोनालाइ सहज जित दिलाए ।