मेस्सीको सट् भन्दा रोनाल्डोको बदि गोल

यसै सिजन विश्व फुटबलका दुई स्टार खेलाडी लियोनेल मेस्सी र क्रीस्टियानो रोनाल्डोले नयाँ क्लब रोजे ।

मेस्सीले आफ्नो बार्सिलोनाको लामो यात्रालाई टुंगो लगाउदै नयाँ क्लब पेरिस सेन्ट जर्मेन गए । त्यस्तै, रोनाल्डोले युभेन्ट्स छोड्दै पुर्न म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भए ।

यस सिजन यी दुई स्टार खेलाडीले अझै आफ्नो उचाई छुन सकेको छैन ।

मेस्सी खेल्ने फ्रेन्च लिग भन्दा रोनाल्डो खेल्ने इङलिस लिग निकै प्रतिस्पर्धामा र कठिन भन्छन् । यद्यपि, तथ्यांक अनुसार मेस्सीको लिग खेलमा सट् भन्दा रोनाल्डोको गोल यस सिजन धेरै रहेको छ ।

मेस्सीले लिगमा मात्र १२ सट् गर्न सफल भएका छन् भने रोनाल्डोले यस सिजन १३ गोल गरिसकेका छन् ।

यद्यपि, मेस्सीले चोटका कारण सुरुवाती केही खेलहरु गुमाउनु पुगे र आफ्नो नयाँ टिममेट्सहरुसंग तालमेल मिलाउन गाह्रो परेको देखिन्छ ।