मेस्सीको शान्दार प्रदर्शनमा बार्सिलोनाको उत्कृष्ट जित

बार्सिलोनाले मालोर्का माथी ४-० को शान्दार जित हात पारेको छ ।बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो ।

मालोर्कामा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोर्डी अल्वाको पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।

७९औं मिनेटमा लियोनेल मेस्सीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

सानदार जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ । पराजित मालोर्का २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।