मेस्सीले ला लिगामा बनाए यस्तो कीर्तिमान

कोरोना भाइरसको कारण रोकिएको ला लिगा फुटलब फेरि पूर्ण सुरु हुँदा बार्सिलोनाले रियल मलोर्कालाई ४–० ले हराएको थियो र बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सील यस खेलमा नयाँ कीर्तिमान बनाएका छन् ।

अर्टुरो भिडाल, मार्टिन ब्रेथवेइटी र जोर्डी अल्बाले गोल गरेसँगै ३–० ले अघि बढेको बार्साबाट मेसीले चौथो गोल गरे । यससँगै जारी लिगमा उनको गोलसंख्या २० पुग्यो ।

स्पेनिस ला–लिगामा लगातार १२ औँ सिजनसम्म २० वा त्यसभन्दा बढी गोल गर्ने उनी एक्लो खेलाडी हुन् । मेस्सीले मर्लोकाविरुद्ध मार्टिन ब्रेथवेइटीको गोलका लागि एसिस्ट पनि गरेका थिए । जारी सिजनमा यो उनको १४ औं एसिस्ट हो । यस सिजन उनी सर्वाधिक गोलकर्ता तथ सर्वाधिक एसिस्ट गर्ने खेलाडीकाो सूचीमा सबैभन्दा अगाडि छन् ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा २८ खेलबाट ६१ अंक जोेडेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ ।