“मेस्सीको लागी छुट्टै बलोन डी’ओर बनाउन पर्छ”- नेमार

पिएसजी स्टार नेमारले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको प्रशंसा गरेका छन्।

दुई जोडी नेमारले बार्सा छोडे पछि पनि नजिकै रहेका छन् – मेस्सीले उनलाई पछिल्लो सिजन देखि बार्सा फिर्ता गर्न दबाब दिएका थिए।

नेमारले भने: “मेस्सी एक अविश्वसनीय खेलाडी हुन्। उनी मैले अहिले सम्म देखेको सबै भन्दा राम्रो खेलाडी हुन्।

“यो कुनै अनौठो होइन कि उनले छ वटा बलोन डी ओर जितेका छन्, उनि धेरै वर्षदेखि राम्रो खेल्दै छन् र उनि येसको योग्य छन्।

“उनि निकै उत्कृष्ट छन्, उनको लागी मात्र छुटै बलोन डी ओर हुनुपर्दछ जस्तो लाग्छ।”

आफ्नो भविष्यको बारेमा बार्सिलोनाका पुर्व खेलाडीले यस्तो टिप्पणी गरे: “आज म पिएसजी खेलाडी हुँ। म यहाँ १०० प्रतिशत दिन्छु। पिएसजीलाई सफलता दिनको लागि म पिचमा आफ्नो जीवन दिनेछु।”