अर्जेन्टाईन प्रशिक्षक मौरिसियो पोचेटिनो बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीलाई साइन गर्न गर्ने इच्छा बारे बोलेका छन् र उनले मेस्सीको लागि पिएसजीको ढोका खुला हुने स्पष्ट गरे।
“SERÍA MUY HERMOSO”#CentralFOX Así se expresó Mauricio Pochettino sobre la posibilidad de dirigir a Lionel Messi, con quien dijo tener el vínculo de haber defendido a Newell’s Old Boyshttps://t.co/aLsOa585Ho
— FOX Sports MX (@FOXSportsMX) February 2, 2021
मेस्सीले बार्सा छोड्ने कुरा छ र पिएसजी वा म्यान सिटी उनको नयाँ क्लब हुन सक्ने बारे धेरै कुरा हुने गरेको छ जसको बारे पिएसजीका कोच पोचेटिनोले बोलेका छन्।
“क्लबको रणनीति सुधार गर्नु छ,” पोचेटिनोले आरएमसी स्पोर्टलाई भने।
“यदि मेस्सीलाई कोच गर्ने अवसर पाए भने यो निकै राम्रो हुने छ। र मैले मौका नपाए पनि कुनै समस्या छैन।
🗣 Mauricio Pochettino (PSG coach) “Would I like to see Messi join PSG? Whatever I say will be misunderstood, and I love what I have. Great footballers fit in any league and any team.” [marca]
— FCBarcelonaFl (@FCBarcelonaFl) January 28, 2021
“मेस्सी र म संग न्युवेल्स ओल्ड ब्वाइजको लागि प्रेम छ। हामी दुबैले त्यो जर्सी लगाएका थियौं, हाम्रो त्यो लिंक छ। तर हामी देख्नेछौं। भविष्यले हामीलाई कहाँ लाग्ने छ र हाम्रो मार्ग एउटै हुने छ कि छैन।”