म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको राउन्डको १६मा आरबी लिपजिग विरुद्धको दोस्रो लेगमा ७-०को जित हासिल गरेको थियो भने उक्त खेलमा सिटीका युवा स्ट्राइकर हालान्डले ५ गोल गरेका थिए र पेप गार्डियोलाले लिपजिग विरुद्धको खेलमा हालान्डलाई सब्सीट्यूट गर्नुको कारण वारे बोलेका छन्।
“I substituted him so he doesn’t break Messi’s record” 🤣
Pep Guardiola discusses yet another incredible @ErlingHaaland performance#EmiratesFACup pic.twitter.com/5IYODHZmeo
— Emirates FA Cup (@EmiratesFACup) March 18, 2023
आरबी लिपजिग बिरुद्ध खेल अन्त्य हुन अगाडी हालान्डलाई सब्सीट्यूट गर्ने निर्णय वारे धेरै चर्चा भएको थियो भने पेपले मेस्सीको रेकर्ड बचाउन प्रयास गरेको फ्यानहरुले विश्वास रहेको थियो ।
हालान्डले शनिबार बर्नले विरुद्ध एफ ए कपको खेलमा पनि ह्याट्रिक गरे र सो खेलमा पनि गार्डियोलाले हालान्डलाई ६३ औँ मिनेटमा सब्सीट्यूट गरे र पोस्ट म्याच अन्तर्वार्तामा पेपले उनको सब्सीट्यूटको वारेमा बोल्दै मेस्सीको रेकर्ड बचाउन हालान्डलाई एफ ए कपमा पनि सब्सीट्यूट गरेको भनेर मजाक गर्दै भनेका छन्।
२०१२मा मेस्सीले बार्साको लागि बायर लेभरकुसेन विरुद्ध ५ गोल गरेका थिए भने च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने मेस्सी पहिलो खेलाडी बने यो सिजन हालान्डले पनि आरबी लिपजिग विरुद्ध ५ गोल गर्दै उक्त रेकर्डमा आफ्नो नाम राखे भने ६ गोल गर्दै मेस्सीको रेकर्ड तोड्न हालान्ड संग राम्रो अवसर रहे पनि गार्डियोलाले हालान्डलाई ६३ औँ मिनेटमा सब्सीट्यूट गरेका थिए।
🎙️“I substituted Erling Haaland so he doesn’t break Lionel Messi’s record.” #MCFC 🔵🇳🇴
-Pep Guardiola pic.twitter.com/ThIGQL3dON
— Football Talk (@FootballTalkHQ) March 19, 2023
गार्डियोलाले भने: “मलाई नम्बर थाहा छैन, तर हालान्ड भविष्यमा समस्यामा हुनेछन्, मानिसहरूले प्रत्येक खेलमा उनिबाट तीन वा चार गोल गर्ने अपेक्षा गर्ने छन् र यो जहिले हुनु सम्भव नहुन सक्छ ।
“मलाई थाहा छ उनले यसको वास्ता गर्दैनन् किनकि उनी धेरै सकारात्मक छन्, धेरै आशावादी छन्, उनले कहिल्यै गुनासो गर्दैनन् सधैँ आफैलाई हेर्छन्। उहाँ एक अविश्वसनीय खतरा हुनुहुन्छ, उहाँ सधैँ सकारात्मक, आशावादी हुनुहुन्छ, जसले धेरै मद्दत गर्दछ।
“चार दिनमा आठ गोल, मैले बार्सिलोनामा ११ वर्ष खेलेको र ११ गोल गरेको छु । अविश्वसनीय, हालान्डले एफए कपमा पनि मेस्सीको कीर्तिमान नतोडोस् भनेर मैले उनलाई सब्सीट्यूट गरे।”