मेस्सीको यो निर्णयले रोनाल्डो फसादमा

क्रिस्टियानो रोनाल्डोले यस सिजन रियल म्याड्रिड छोड्दै युभेन्ट्समा अनुबन्ध भएसंगै बार्सिलोनाका स्टार लियोन मेसीसँगको लडाईं केहि हदसम्म कम हुने देखिएको छ ।
झन्डै एक दशक स्पेनिस लिगमा रोनाल्डो र मेसीले आफ्नो रियल र बार्सिलोनामा आमने-सामने हुँदै मैदानमा भिडे ।

उनीहरुले सधै व्यक्तिगत पुरस्कारसँगै क्लबको सफलताका लागि खेले । ब्यालोन डी’ओरकै उदाहरण लिने हो भने पनि यी दुइको वर्चस्व प्रष्ट हुन्छ । दुवै खेलाडीले पछिल्लो एक दशकमा ५-५ पटक सो उपाधि जितेका छन् । अन्य व्यक्तिगत उपाधिमा पनि यी दुईको नै दावेदारी रहने गरेको छ । यस वर्ष भने रोनाल्डो र मेसीको वर्चस्व रहँदै आएको व्यक्तिगत पुरस्कारमा अन्य खेलाडी पनि दावेदारीमा आएका छन् ।

रियल मड्रिडका लुका मोड्रीच एक उदाहरण हुन् । मोड्रिचले हालै मात्र रोनाल्डोलाई उछिन्दै यूईएफए सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । उनले रोनाल्डो र सलाहलाई पछि पार्दै उक्त पुरस्कार प्राप्त गरेका थिए । रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई फाइनल सम्म पुग्न महत्त्वपूर्ण भुमिका खेलेमा थिए । रोनाल्डोले उक्त अवार्ड समारोहमा उपस्थित जनाएनन् । रोनाल्डोले आफूले उपाधि नजित्ने भएपछि उक्त कार्यक्रममा सहभागि भएका थिएनन् ।

उक्त अवार्डको शीर्ष तीनमा लियोनल मेसीको नाम भने अटाएको थिएन । यस पटक फिफा अवार्डमा पनि मेसीको नाम शीर्ष तीनको सुचिमा छैन । तर पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेसी फिफा पुरस्कारमा सहभागि हुन तयार रहेको बताइएको छ । मेसीले यस अवार्डमा समारोहमा सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा ल्याएको छ ।

सुचिमा नपर्ने खेलाडी अवार्ड समारोहमा सहभागी हुनु तर शीर्ष तीनमा रहेको खेलाडी उपस्थित नहुँदा रोनाल्डो समस्यामा पर्ने छन् । मेसीले सहभागिता जनाउने निर्णयले रोनाल्डोलाई एक कठिन परिस्थितिमा छोडेको छ । फिफाको द बेस्ट अवार्ड पनि मोड्रिचले जित्ने आँकलन गरिएको छ । पछिल्लो पटक यूईएफए अवार्डमा सहभागी नभएका रोनाल्डो यसपटक पनि सहभागी नहुने बताएपनि अब उनले निर्णय बदल्न सम्भावना रहेको छ ।