फ्रेन्च लिग वानमा पिएसजीले लिल माथि निकै उत्कृष्ट जित हासिल गरेको छ भने जितको लागि पिएसजीका सुपरस्टार लियो मेस्सीले निकै उत्कृष्ट फ्री किक गरे।
Leo Messi scored the game-winning free-kick in the 95th minute for PSG 🔥🔥
🐐 things pic.twitter.com/ikRBjiKHPB
— ESPN FC (@ESPNFC) February 19, 2023
आइतबार भएको खेलमा पिएसजीले होममा लिलको सामाना गरेको थियो। खेलको ११ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए भने नेमारले १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर गरेका थिए तर लिलले दोस्रो हाफमा ३ गोल गर्दै खेलमा ब्याक गरेको थियो।
खेलको २४ औँ मिनेटमा लिलका बाफोदेले टिमको लागि पहिलो गोल गरे भने जोनाथन डेभिड र जोनाथन बाम्बाले एक-एक गोल गर्दै लिललाई ३-२को अग्रता दिलाए।
This is crimina! from Messi. Wow pic.twitter.com/JlZ7iuqatW
— POOJA!!! (@PoojaMedia) February 19, 2023
खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले फेरी गोल गर्दै पिएसजीलाई बराबरीमा लगे तर खेलको अन्तिम समयमा लियो मेस्सीले फ्री किकबाट निकै उत्कृष्ट गोल गर्दै पिएसजीलाई जित हासिल गर्न मद्दत गरे।
दोस्रो हाफको अन्त्य तिर ७ मिनेट थप भएको थियो भने उक्त इन्जुरी समयको ४औ मिनेटमा पिएसजीले पाएको फ्री किकको उपयोग गर्दै मेस्सी निकै उत्कृष्ट गोल गरे भने उक्त जितको मद्दतमा पिएसजीले जित हासिल गरेको छ।
उक्त जित पछि शीर्ष स्थानमा रहेको पिएसजीले दोस्रो स्थानमा रहेको मार्से विरुद्ध ८ अंकको अग्रता बनाएको छ। २४ खेलमा १८ जित ३ बराबरी र ३ हारको साथ पिएसजीले ५७ अंक प्राप्त गरेको छ।