“मेस्सीको भविष्य यहि छ, फुटबल भित्र र फुटबल पछि पनि”

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउको विश्वास छ कि मेस्सीले बार्सा छाड्ने छैनन।

मेस्सी अब आफ्नो वर्तमान सम्झौताको अन्तिम वर्ष भित्र छन् र जनवरी १ देखि अरु क्लब संग संग पूर्व-सम्झौता हस्ताक्षर गर्न सक्छन्।

तर बार्टोमेउको विश्वास छ कि मेस्सी र क्लब बीच नयाँ सम्झौताको हुने छ र उनले क्लब छोड्ने छैनन् ।

उनले टिभी३ लाई भने: “मेस्सीसँग, हामी कुरा गर्दैछौं, हामीले कुरा गरेका छौं र हामी कुरा गर्नेछौं।

“उनी फुटबलको इतिहासमा सबै भन्दा राम्रो खेलाडी हुन्, उनीसँग अझै धेरै वर्ष छन् र उनि राम्रो आकारमा छन् ।

“मलाई कुनै शंका छैन कि उनि बार्सामा नै रहनेछन, उनको भविष्य यहाँ छ, फुटबल भित्र र फुटबल पछि।”