फ्रेन्च क्लब पिएसजी म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बा साइन गर्न इच्छुक रहेको खबर छ भने उनलाई साइन गर्न पिएसजी ठुलो तलबको प्रस्ताव गर्न तयार रहेको रिपोर्ट छ।
PSG appear to be the most likely destination for Paul Pogba, who has given no indication that he wishes to remain at #mufc beyond the end of the season #mulive [@hirstclass]
— utdreport (@utdreport) January 9, 2022
गर्मीको ट्रान्सफर विन्डोमा पोग्बा फ्री एजेन्ट हुने छन् भने अहिले देखि नै अन्य क्लब सँग सम्झौता गर्न उनी स्वतन्त्र रहेका छन् र खबर अनुसार उनलाई साइन गर्न पिएसजी इच्छुक रहेको छ भने उनलाई भित्राउन पिएसजी उनलाई फुटबल सुपरस्टार मेस्सीको भन्दा ठुलो तलब दिने तयारीमा रहेको छ।
पोग्बा म्यानचेस्टर युनाइटेड छोड्न इच्छुक रहेका छन् भने उनले युनाइटेडको सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरेका छन्। उनलाई साइन गर्न युभेन्टस र रियल म्याड्रिड पनि इच्छुक रहेको चर्चा छ तर पिएसजी उनलाई भित्राउन ठुलो तलब दिने तयारीमा रहेको खबर आएका छ।
Full report 👇🏻https://t.co/Lo398XPzIG
— CaughtOffside (@caughtoffside) January 8, 2022
खबर अनुसार पिएसजी उनलाई नेमार पछि क्लबको सबैभन्दा धेरै कमाउने खेलाडी बनाउन तयार रहेको छ। नेमारको हाल तलब €३५.५ मिलियन प्रति वर्ष रहेको छ भने मेस्सीको तलब €३५ मिलियन प्रति वर्ष रहेको छ जसको मतलब पिएसजी पोग्बालाई मेस्सीको भन्दा ठुलो तलब दिन तयार रहेको छ।