मेस्सीको बार्सिलोनामा रेकर्ड: ३० उपाधी, ६ बालोन डि ओर

एजेन्सी, मेस्सीले बार्सिलोनामा रेकर्डहरु धेरै बनायो । यो भन्दा गलत नहोला बार्सिलोना अहिले जुन स्थानमा छ त्येस्मा मेस्सीको ठूलो योग्दान रहेको छ ।

क्याम्प नुमा युवा अवस्थामा आएको मेस्सी अगष्ट ५, २०२१ मा रहदा क्लबको लागि अतुलनीय योग्दान पुराए ।

उनले खेलाडिका रुपमा क्लबबाट र व्यक्तिगत थुप्रै उपाधी जिते । क्लबबाट ३० वटा उपाधी जिते भने इतिहासमा सर्वाधिक धेरै ब्यालोन डि ओर ६ पटक जित्न सफल रह्यो ।

ला लिगाको उपाधि १० पल्ट जित्दा ७ कोपा डेल रे जिते र अन्य उपाधीहरु पनि । त्यस्तै, च्याम्पियन्स लिग ४, युरोपियन सुपर कप ३, क्लब विश्व कप ३ पल्ट उचाले ।

उनको बार्सिलोनाबाट अन्तिम उपाधी २०२०/२०२१ को कोपा डेल रे उपाधी हो । बार्सिलोनाले एट्लेटिक बिल्बाओलाइ ४-० गोलले हराउदा उनले दुई गोल गरेका थिए ।