मेस्सीको प्रस्थानले बार्सामा असर पर्न सुरु 

ला लिगा क्लब बार्सिलोनाले आफ्नो सुपरस्टार खेलाडी लिओनेल मेस्सीलाई गुमाए पछि क्लबमा धेरै नकारात्मक प्रभाव पर्ने धेरैको अनुमान थियो र हाल त्यो वास्तविकता बन्दै गएको छ। पिएसजीमा मेस्सीको आगमन पछि क्लबमा धेरै सकारात्मक प्रभाव परेको छ भने बार्सामा उनको अनुपस्थितको कारण क्लबलाई नराम्रो असर पर्न सुरु भएको छ।

खबर अनुसार मेस्सीको प्रस्थान पछि बार्साको टिकट र जर्सी बिक्री ठुलो गिरावट आएको छ। महामारीको कारण फ्यानहरूले रङ्गशालामा खेल हेर्न पाएका थिएनन् तर यो सिजन देखि केही फ्यानहरूलाई रङ्गशालामा प्रवेश दिने भएको थियो तर आउँदो रियल सोसियडाड विरुद्धको खेलको लागि बार्साले सोचेको भन्दा आधा टिकेट मात्र हाल सम्म बिक्री भएको जानकारी छ।

१७ महिना सम्म फ्यानहरू लिग खेल हेर्न रङ्गशालामा पुग्न पाएनन् र हाल रङ्गशालामा फ्यानहरूलाई भित्राउने योजना भए पछि फ्यानहरू धेरै उत्साहित हुने र टिकेर चाडै बिक्री हुने बार्साको सोच थियो तर खबर अनुसार रियल सोसियडाड विरुद्धको खेलको लागि ३०,००० टिकेट उपलब्ध रहे पनि मात्र १५,८२० फ्यानहरूले टिकट को लागी आवेदन दिएको खबर छ।

जर्सी बिक्रीमा पनि बार्सालाई हाल गाह्रो भएको खबर छ। मेस्सीले क्लब छोडे पछि बार्साको जर्सी बिक्री ८० प्रतिशतले घटेको खबर छ। बार्साको मुख्य बिक्री हुने जर्सी मेस्सीको नाम रहेको १० नम्बरको जर्सी थियो तर हाल मेस्सीले क्लब छोडे पछि बार्साको जर्सी बिक्रीमा थप गिरावट आउने अनुमान रहेको छ।