“मेस्सीको प्रदर्शनमा गिरावट आएको कुराहरु बकवास हुन्” – रोनाल्डो

च्याम्पियन्स लिगको खेलमा युभेन्टसले बार्सिलोनालाई ३-०ले पराजित गरेको थियो र खेल पछि रोनाल्डोले मेस्सीको प्रशंसा गरेका छन्। च्याम्पियन्स लिगको खेलमा युभेको ३-०को जितमा रोनाल्डोले २ गोल गरेका थिए भने मेस्सी सो खेलमा गोल गर्न असफल भएका थिए।

खेल पछि रोनाल्डोले पोस्ट म्याच अन्तर्वार्तामा बार्सा का सुपरस्टार मेस्सीको प्रशंसा गरे। “मेस्सीसँग मेरो सधैं सौहार्दपूर्ण सम्बन्ध रहेको छ,” रोनाल्डोले मोभिसारलाई बताए।

“मैले पहिले पनि भनेको छु, उनीसँग मैले धेरै वर्ष देखि अवार्डहरु बाँडिरहेको छु। मैले उनलाई प्रतिद्वन्द्वीको रूपमा कहिल्यै देखिन। उनले सँधै आफ्नो टीमको लागि धेरै कोशिस गर्छन, र मैले मेरो टिमको लागि उत्तम प्रयास गरे। उनि संग मेरो जहिले सम्बन्ध रहेको छ। मलाई पक्का विश्वास छ यदि तपाईंले उनलाई सोध्नु भयो भने उनले पनि यहि नै भन्ने छन् ।

युभेन्टसका स्टारले मेस्सीको प्रदर्शनमा गिरावट आएको कुराहरु बकवास रहेको पनि बताए। “उहाँसँग खेल्नु सँधै सुन्दर रहेको छ। स्पष्टतः मानिसहरूले हामी भेट्ने बित्तिकै हाम्रो प्रतिस्पर्धाको बारेमा कुरा गर्ने छ, तर उनि संग खेल्नु ठूलो सम्मान हो।

“मेस्सी पहिले जस्तो नै छन् [पिचमा]। बार्सिलोना एउटा कठिन क्षणमा छ, तर उनीहरू अझै पनि बार्सा हो। म पक्का छु कि उनीहरू यो अवस्थाबाट बाहिर निस्कनेछन्। सबै टिमको खराब समय हुन्छ, तर बार्सिलोना एकदम राम्रो टोली हो। “