कतार २०२२ विश्व कपको क्वार्टर फाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स बिचको खेल केही तनावपूर्ण बन्न पुगेको थियो।
खेल पछि पनि अर्जेन्टिना सुपरस्टार मेस्सीले रेफ्री र नेदरल्याण्ड्सका कोचलाई लक्षित गर्दै बोलेका थिए र बेलायती रिपोर्टर पियर्स मोर्गनले मेस्सीको जस्तो व्यवहार रोनाल्डोले गरेको भए मिडियामा रोनाल्डोको धेरै नकारात्मक कुरा आउने र उनको आलोचना हुने भनेर दाबी गरेका छन्।
So yesterday, Lionel Messi abused the referee, abused the rival coach and abused one of his opponents.
Methinks if Ronaldo did that, it would get a tad more media attention…. pic.twitter.com/45O3RFpCa7— Piers Morgan (@piersmorgan) December 10, 2022
उक्त क्वार्टर फाइनल खेलमा स्पेनिस रेफ्रीले लिएको निर्णयहरूको कारण सो खेल धेरै विवादास्पद बन्न पुग्यो भने रेफ्री माटेउ लाहोज माथि धेरै प्रश्न हुँदै गर्दा अर्जेन्टिनाका सुपरस्टार मेस्सीले उनको खुलेर आलोचना गरेका थिए।
“फिफाले यस्तो ठुलो स्तरको खेलमा माटेउ लाहोज जस्तो रेफ्री राख्न सक्दैनन् जब उनी यो स्तरमा छैनन्।”- मेस्सीले रेफ्री वारे बोल्दै भनेका थिए।
Messi really confronted Van Gaal after the game 😳 pic.twitter.com/1h0dD7XlCd
— ESPN FC (@ESPNFC) December 10, 2022
उक्त खेल अगाडी नेदरल्याण्ड्सका कोच भ्यान गालले अर्जेन्टिना विरुद्धको खेल गाह्रो नहुने भने पछि सो कुराबाट खुसी नरहेका मेस्सीले खेलमा गोल गरे पछि भ्यान गाल प्रति लक्षित गर्दै सेलेब्रेट गरे भने खेल अन्त्य भए पछि डच बेन्चमा मेस्सीको नेदरल्याण्ड्सका कोचिङ स्टाफ सँग विवाद भएको थियो।
खेल पछिको अन्तर्वार्तामा रेफ्री सहित भ्यान गालको वारे पनि मेस्सीले बोले र अन्तर्वार्ताको क्रममा पनि डच खेलाडी सँग मेस्सीको केही विवाद भएको थियो।
Messi was heated in a post-match interview, referring to someone off-camera as “idiot” 🇦🇷😡
On the field after the shootout, Messi clashed with Dutch manager Louis van Gaal and assistant coach Edgar Davids. It’s unclear who Messi was talking to in this video. pic.twitter.com/ThRTIvu0wf
— Men in Blazers (@MenInBlazers) December 9, 2022
मेस्सीको उक्त व्यवहार भने राम्रो नरहेको र क्रिस्टियानो रोनाल्डोले उस्तै व्यवहार गरेको भए रोनाल्डोको मिडियामा धेरै नकारात्मक प्रचार र आलोचना हुने भन्दै बेलायती रिपोर्टर र रोनाल्डोको साथी पनि रहेका पियर्स मोर्गनले ट्विटरमा पोस्ट गरेका छन् ।
म्यानचेस्टर युनाइटेडमा सब्सीट्यूटको रूपमा मैदान प्रवेश गर्न नमानेको भनेर रोनाल्डोको धेरै आलोचना भएको थियो सो वारे पियर्स मोर्गनले केही समय अगाडी रोनाल्डो सँग अन्तर्वार्ता लिएका थिए जसको लागि रोनाल्डोको फेरी पनि आलोचना भएको थियो तर नेदरल्याण्ड्स विरुद्धको खेल पछि मेस्सीको व्यवहारमा मिडिया मौन रहेको पियर्स मोर्गनले सङ्केत गरे।