‘मेस्सीको जस्तो क्यारियर बनाउन निकै ढिलो भइसक्यो, म रोनाल्डोबाट प्रेरित हुनुपर्छ’ – एम्बाप्पे

पेरिस सेन्ट जर्मेनका युवा स्ट्राइकर काइलियन एम्बाप्पेले आफ्नो खेल जीवन क्रिस्टियानो रोनाल्डोको जस्तो रहोस् भन्ने चाहन्छन् ।

जिदानका साथै रोनाल्डो पनि आफ्नो आइडल रहेको उनले बताए ।

“तपाईं फ्रेन्च हो भने पक्कै पनि तपाइँको सानो हुँदा देखिको आइडल जिदान हुन्छ,” एम्बाप्पेले भने ।

“र मेरो अर्को आइडल भनेको क्रिस्टियानो रोनाल्डो हो, जो संग मैले विपक्ष भएर आफ्नो स्तर हेरेको छु ।”

रोनाल्डोको कुरा निस्के पछि मेस्सीको ’bout पनि सोधिएको थियो । र उनले यसो भने:

“मेस्सीको जस्तो क्यारियर बनाउन निकै ढिलो भैसक्यो,” उनले भने ।

“मेस्सी जस्तो हुन नसके पनि म रोनाल्डोको क्यारियरबाट प्रेरित हुन पर्छ ।”