मेस्सीको गोल खाएका सबै गोलकिपरहरुलाई बियर पठाउँदै बडवाइज़र

बियर कम्पनी बडवाइज़रले मेस्सीको ६४४ गोल पुरा भएको अवसरमा मेस्सीको गोल खाएका सबै गोलकिपरहरुलाई बियर पठाएका छन्।

मेस्सीले आफ्नो क्यारियरमा धेरै रेकर्डहरू तोडेका छन् र हालै उनले पेलेका रेकर्ड तोडेका थिए र सो अवसर बडवाइज़रले निकै अनौंठो रुपमा मनाएका छन्।

बडवाइज़रले मेस्सीको गोल खाएका प्रत्येक गोलकीपरलाई बियरको बोतल पठाएका छन् । खबर अनुसार बडवाइज़रले १६० गोलकिपरहरुलाई सो विशेष बियर पठाउने छन्।