अर्जेन्टिनाका पूर्व स्टार स्ट्राइकर गोंजाले हिगुएनले मेस्सीको अन्तर्राष्ट्रिय सफलताले आफूलाई खुसी बनाएको बताएका छन्।
हाल इन्टर मायामीमा खेल्दै गरेका अर्जेन्टिनाका पूर्व स्टार स्ट्राइकरले मेस्सी सँग अर्जेन्टिनाको धेरै पटक प्रतिनिधित्व गरेका छन् भने मेस्सी सँग विश्वकप र कोपा अमेरिकाको फाइनलमा पनि हारेका छन् र हाल एक अन्तर्वार्तामा बोल्दै उनले मेस्सीको लागि आफू खुसी रहेको बताएका छन्।
Gonzalo Higuain on Argentina winning the Copa America: “That Leo (Messi) said that those of us who were there before were also part of it is comforting because I also contributed my bit so that this can happen.” This via ESPN.
— Roy Nemer (@RoyNemer) September 16, 2021
हिगुएनले भने, “जब उनीहरूले कोपा अमेरिका जिते, मैले मेस्सी, डि मारिया, ओटामेन्डी सँग कुरा गरेँ …लियोले उक्त खेलमा नहुनेहरूबाट पनि यो जित सफल भएको बताए, जसले मलाई धेरै खुसी बनायो ।
“म पनि च्याम्पियन बन्न नजिक थिएँ। सबै चीजको साथमा मैले कोसिस गरेँ। यो एक अचम्मको दौड थियो, र यो दौडमा मैले रमाइलो गरेँ। अहिले म राष्ट्रिय टिममा फर्किन चाहन्न।