“मेस्सीको कारण रोनाल्डोलाई रियलमा साइन गरे”

पूर्व रियल म्याड्रिडका अध्यक्ष रामोन क्याल्डेरन स्विकार्छन् कि उनी बार्सिलोनाका स्टार लियो मेस्सीको फ्यान हुन् र उनलाई रियलमा भित्राउन इच्छुक थिए।

उनी २००६ देखि २००९ सम्म रियलका अध्यक्ष थिए र उनको समयमा रियलले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साइन गरेको थियो।

अर्जेन्टिनाको रेडियो विला त्रिनिदादमा बोल्दै काल्डेरोनले आफू मेस्सीको प्रशंसा रहेको स्वीकार गरे।

उनले भने, “उनीहरूले मलाई रियल म्याड्रिडमा मेस्सी साइन गर्न आग्रह गरेको भए म रोममा गएर पोपलाई सहयोगको लागि सोधेँ किनकि त्यो कुरा असम्भव थियो।

“यो असम्भव कुरा थियो, किनकि उनी बार्सिलोनामा संलग्न थिए।

“यसै कारण मैले क्रिस्टियानो रोनाल्डोलाई साइन गरेँ, उनी मेरो रुचि र जुनून थिए , किनभने उनी त्यस क्षणका अन्य सुपरस्टार खेलाडी थिए। हामी उनलाई साइन गर्न सफल भयौं र यो हाम्रोलागि राम्रो भयो हामी उनलाई पाउन भाग्यशाली छौँ। हामी दुवै स्टारलाई फुटबलमा देख्न भाग्यमानी छौ।

“उनीहरूले एक अर्कालाई राम्रो बनाएका छन्।”