मेस्सीको कारण पिएसजीले आफ्नो ७ खेलाडीहरू बेच्न

यो वर्ष पिएसजीले धेरै स्टार खेलाडीहरू साइन गरेको छ। विश्व फुटबलका सुपरस्टार मेस्सी देखि स्टार डिफेन्डर रामोसलाई साइन गरेको पिएसजीको तलब खर्च भने हाल निकै धेरै रहेको छ र आउँदो ट्रान्सफर विन्डोमा आफ्नो खेलाडीहरू बेचेर तलब खर्च घटाउने पिएसजीको योजना रहेको छ।

पिएसजीको हाल तलब खर्च ३०० मिलियन युरोमा रहेको छ जसमा सबैभन्दा ठुलो खर्च सुपरस्टार मेस्सीमा हुने गरेको रिपोर्ट छ। मेस्सीलाई पिएसजी प्रति वर्ष ४१ मिलियन युरो दिने गरेको छ भने हाल तलब खर्च घटाउने पिएसजीको योजना रहेको छ।

पिएसजीमा हाल धेरै खेलाडीहरू रहेको छ। पिएसजी सँग ३५ खेलाडीहरू रहेको रिपोर्ट छ भने खबर अनुसार आउँदो ट्रान्सफर विन्डोमा पिएसजीले आफ्नो ७ खेलाडीहरू सम्म बेच्ने योजना बनाएको छ। पिएसजी सँग गोलकिपर नै ५ जना रहेको छ भने थप ३ गोलकिपर लोनमा अन्य क्लबमा खेलाडी गरेका छन्।

राफिनहा, कोलिन डग्बा, लेभिन कुर्जवा र अब्दु डायलो भने उक्त ७ मध्ये ४ खेलाडी रहेका छन् जसलाई पिएसजीले बेच्ने छ अन्य खेलाडीको नाम भने खुलिएको छैन।