मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित

इस्प्यानियोलको घरेलु मैदान आरसीडीइ रंगशालामा सम्पन्न खेलमा बार्सिलोना ४-० गोलले विजयी भएको हो । खेलमा बार्सिलोनाको लागि लियोनल मेसीले दुई तथा अोस्माने डेम्बले तथा लुइस स्वारेजले १-१ गोल गरेका हुन् ।

मेसीले खेलको १७ अौं मिनेटमा फ्रिकिक मार्फत, डेम्बेलेले ३६ अौं मिनेटमा मेसीको पासमा तथा स्वारेजले पहिलो हाफको इन्जुरी समयमा डेम्बेलेको पासमा “नो एंगल” गोल गरेका हुन् ।

पहिलो हाफमा ३-० गोलले अघि बार्सिलोनाले दोस्रो हाफमा पनि उत्कृष्ट खेल खेलेको थियो । बार्सिलोनाको लागि खेलको ६५ अौं मिनेटमा पनि मेसीले गोल गरे । उनले उक्त गोल पनि फ्रि किकमार्फत नै गरेका हुन् ।

यससँगै बार्सिलोनाले ला लिगामा १५ खेलबाट ३१ अंक जोडेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियाभन्दा ३ अंक बढी जोडेको छ ।