मेस्सीको अर्जेन्टिनाबाट नकआउट खेलहरुमा लज्जास्पद गोल संख्या

आज बिहान् भएको ब्राजिल र अर्जेन्टिना बिच कोपा अमेरिकाको सेमिफाइनल खेलमा मेस्सीको अर्जेन्टिनाले २-० को हार बेहोर्यो ।

मेस्सीले अर्जेन्टिनाबाट ठुला खेलहरुमा गोल गर्न नसकेकोमा निकै धेरै प्रस्नहरु उत्पन्न हुन थालेका छन ।

मेस्सीको अर्जेन्टिनाबाट यो पहिलो निराशाजनक खेल भने पक्कै होइन, मेस्सीले नकआउट चरणमा अर्जेन्टिनाबाट २० खेल खेल्दा जम्मा ४ गोल गरेका छन ।

ग्रहकै उत्कृष्ट खेलाडीको रुपमा चिनिने मेस्सी, उनको अर्जेन्टिनासंग तनावपूर्ण सम्बन्ध रहेको छ ।

अर्जेन्टिनाबाट ९ मुख्य प्रतियोगितामा खेली सकेका मेस्सी, अझै पनि आफ्नो राष्ट्रको लागि ट्रोफी जित्न असफल रहेका छन ।