मेस्सीको अप्रत्याशित २०२१ साल

एजेन्सी, बार्सिलोना तथा अर्जेन्टिना स्टार लिओनेल मेस्सीको २०२१ साल उत्कृष्ट लयमा देखिन्छन। अन्तर्राष्ट्रिय र क्लब फुटबलमा ३६ खेलमा ३३ गोल र १३ अस्सिट गरेका छन।

बार्सिलोना कप्तानले क्लबका लागि २८ गोल र ९ अस्सिट गरेको थियो भने ५ गोल र ४ अस्सिट अर्जेन्टिनाबाट कोपा अमेरिकामा गरेको थियो।

त्येस्तै, मेस्सीले ला लिगा २०२१ सालमा ३० खेलमा २३ गोल गर्दै गत सिजनको शिर्ष गोलकर्ता बन्न सफल भएको थियो।

यस्तै, कोपा डेल रेमा ३ गोल, च्याम्पियन्स लिगमा २ गोल गरे।

मेस्सीको सम्झौता बार्सिलोनासंग आधिकारिक रुपमा समाप्त भइसकेको छ। तर, दुबै पक्ष बिच नया सम्झौताका लागि वार्ता जारी छ।

३४ बर्षिय जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्दै कोलम्बियाको सामना गर्नेछ।