मेस्सीका छोराहरूले पनि बार्सा छोडे 

लियोनल मेस्सीका छोराहरूले पनि ला लिगा क्लब बार्सिलोनाको एकेडेमी छोडेका छन्। मेस्सीका दुवै छोरा बार्साको ला मासिया एकेडेमीबाट खेल्ने गरेका थिए तर हाल म्याटेओ र थियागो बार्सा छोडेर पिएसजीको एकेडेमी सामेल भएको जानकारी छ।

यो ट्रान्सफर विन्डो मेस्सीले बार्सा छोडेका थिए भने उनको नयाँ टिम लिग वानको पिएसजी बन्यो भने उनका छोराहरू पनि अब पिएसजीको एकेडेमीबाट खेल्ने खबर छ।

पाँच वर्षीय म्याटेओ र आठ वर्षीय थियागो पिएसजीको युवा टिममा सामेल भएका छन्। उनका कान्छा छोरा ३ वर्षीय सिरो पनि पछि गएर पिएसजीको एकेडेमीबाट खेल्ने मेस्सीको आशा रहेको जानकारी छ।

 

म्याटेओले पिएसजीको यु७ टिमबाट खेल्ने र थियागोले यु९ र यु१० टिमबाट खेल्ने जानकारी छ।