मेसुत ओजिल र आर्सेनलको गाथा अन्त्य भएको छ। दुई पक्षहरूले सम्झौता समाप्त गर्न निर्णय गरेको छ र ओजिलले क्लब छोड्ने भएको छ।
EXCLUSIVE: Arsenal & Mesut Ozil have an agreement in principle to terminate contract with immediate effect + end his 7.5yr #AFC career. If all goes to plan Fenerbahce expect 32yo to travel this weekend & complete move to #FENER as free agent @TheAthleticUK https://t.co/b9JCDK3miJ
— David Ornstein (@David_Ornstein) January 16, 2021
३२ बर्षेका जर्मन स्टार यस हप्ताको अन्त्यमा टर्की भ्रमण गर्ने आशा राखिएको छ उनको नयाँ क्लब फेनेरबाचे हुने खबर छ।
ओजिलको सम्झौता जूनमा अन्त्य हुने थियो र उनले क्लबबाट £७ मिलियन पाउन पर्ने थियो तर खबर अनुसार दुईको बीच अहिलेनै सम्झौता रद्द गर्ने निर्णय भएको छ।
हाल ओजिलले टिममा ठाउँ पाएका थिएनन् र क्लब संग उनको विवादको कारण उनि बेन्चमा समेत थिएनन्।
२०१३मा आर्सनल आएका ओजिलले क्लबमा २५४ खेल खेले भने ४४ गोल र ७७ असिस्ट गरेका थिए। उनि आर्सेनलको ईतिहासमा सबैभन्दा बढी तलब पाउने खेलाडी बनेका थिए।