मेसुत ओजिलको तलब तिर्न फ्यानहरु संग मद्दत माग्दै टर्किश क्लब

टर्किश क्लब फेनेरबाचेले अर्सेनलका स्टार मिडफिल्डर मेसुत ओजिल साइन गरे तर हाल उनको £१३ मिलियन प्रति वर्षको तलब तिर्न क्लबलाई गार्हो हुने खबर छ र क्लबका अध्यक्ष फ्यानहरुलाई उनको तलब तिर्न मदत गर्न अनुरोध गरेका छन्।

जर्मन प्लेमेकर हाल इस्तानबुलमा छन, आर्सेनलसँग उत्तर लन्डनमा आफ्नो करार समाप्त रद्द गरे पछि उनि टर्कीमा फ्री ट्रान्सफरमा गए।

ओजिलको तलब आर्सेनलमा £१८ मिलियन थियो र उनि तलब कटौती स्वीकार गर्दै फेनेरबाचेमा गएका थिए।

हाल क्लब आर्थिक अस्थिरतामा रहेको कारण क्लबलाई ओजिलको तलब तिर्न गार्हो हुने भन्दै क्लबका अध्यक्ष फ्यानहरुलाई एस एम एसअभियानको मार्फत मद्दत गर्न अनुरोध गरेका छन्।