मेसी र स्वारेजको कारमा बम भएको हल्ला, विमानस्थल तनावग्रस्त

बार्सिलोनाका फरवारर्ड मेसी र स्वारेजको कारमा बम भएको हल्ला चलेपछि बार्सिलोना स्थित एल पार्त विमानस्थल केही समय तनावग्रस्त बनेको थियो। केही दिनअघि एक अपरिचत व्यक्तिले मेसी र स्वारेजको कारमा बम भएको भन्दै आपत्कालिन नम्बरमा फोन गरेपछि विमानस्थल तनावग्रस्त बनेको थियो।

एक व्यक्तिले आपत्कालिन नम्बर ११२ मा फोन गरि उनीहरुको कारमा बम रहेको जानकारी गराएपछि सुरक्षाकर्मीहरु तत्कालै विमानस्थल पुगेका थिए। कुकर तथा अन्य परिक्षण उपकरणसहित पुगेका सुरक्षाकर्मीहरुले जाँच गर्दा कुनै शंकास्पद वस्तु भेटिएको थिएन।

मेसी र स्वारेज एकदमै मिल्ने साथीहरु हुन्। उनीहरु प्राय सँधै सँगै हुने गर्छन्। बार्सिलोनाको अभ्यास सत्र चलिरहँदा, खेल खेलिसकेपछि, अवे मैदानमा खेल्न जाँदा वा अन्य खाली समयमा पनि उनीहरु प्राय सँगै हुन्छन्। उनीहरुमात्रै होइन दुवै परिवार सँगै घुम्न जाने गरेका छन्।

-नेपालीपत्र