मेसी र सुवारेज बार्सिलोनाबाट डेम्बेलेलाइ हटाउन चाहन्छन्?

बार्सिलोनामा डेम्बेलेकाे अनुशासनहीनतालाइ वाल्वरडेले माफी दिए पनि मेसी र सुआरेज भने डेम्बेले  सँग खुसी नभएको भनेर खुलेको छ।


बार्सिलोनाले इबारलाइ सजिलै ३-०ले  हराए र मेसीले आफ्नो ४०० गोल पुरा गर्दै दुनिया मा उनको वाह वाह हुदै गर्दा, त्यो म्याच भने बार्सिलोनामा डेम्बेलेकाे क्यारियरको अन्त्य को शुरुवात हुनसक्ने भनेर  Diario GOLले जनाएको छ।

डेम्बेलेको अनुशासनको कमि देखाउदै काेच वाल्वरडे नाराज भएको थिए तर उनले डेम्बेले दाेस्राे मौका दिए र डेम्बेले राम्रो प्रदर्शन पनि गरे र गोल र अेसिस्ट पनि गरे जसको कारण फिलिपे काउटिन्होले धेरै माैका पाएनन् र उनको धेरै समय बेन्च मै बित्यो।

बार्सिलोनाका आक्रमक जोडी- मेसी र सुअारेज भने डेम्बेले सँग सन्तुष्ट छैनन् र उनिहरू डेम्बेले सँग भन्दा पनि काउटिन्होले सँग खेल्न रुचाउँछन् भने कुरा अगाडि अाएको छ।
डेम्बेलेलाइ पि एस जि र म्यानचेस्टर युनाइटेड जस्तो क्लबले अफरहरु गरेका छन् भने एतलेतिकाे म्याड्रिडमा उनकाे नयाँ क्लब हुनसक्ने भनेर कुराहरु चल्दै छ।