‘मेसी उत्कृष्ट हो, तर यो वर्ष मोड्रिचको हो’ – राकिटिच

लिओनेल मेसी उत्कृष्ट खेलाडी भएपनि यो बर्ष लुका मोड्रिचको रहेको क्रोएसिया र बार्सिलोनाका स्टार इभन राकिटिचले बताएका छन् । रियल म्याड्रिडको ऐतिहासिक च्याम्पियन्स लिग बिजयी यात्रामा महत्वपूर्ण सदस्य रहेका मोड्रिचले केहि साटा अघि युइएफए उत्कृस्ट पुरुष खेलाडीको उपाधि जितेका थिए ।

फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा समेत मोड्रिच शीर्ष तीनमा परेका छन् । बार्सिलोनाका स्टार मेस्सीलाई भने फिफा उत्कृस्ट खेलाडीको मनोनयनमा राखिएको छैन । अन्तिम तीन स्थानमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र मोड्रिच छन् ।

राकिटिचले भने, ‘केहि त्यस्ता सिजन हुन्छन जहाँ आफु खराब वा राम्रो हुन सकिन्छ । मेरा लागि विश्वकै उत्कृस्ट खेलाडी मेसी हुन् । तपाईं १० जनालाई प्रश्न सोध्नुभयो भने ९ जनाले मेसीको नै नाम लिनेछन्। तर मलाई लाग्छ यो बर्ष भने लुकाको हो । मेस्सी रअन्य सबै लाई समेत थाहा छ कि मोड्रिच यस सिजन सबै अवार्ड पाउन सक्षम छन् ।’

उनले थपे, ‘यदि उनि युरोपका उत्कृष्ट खेलाडी भैसके भने अब फिफा उत्कृष्ट खेलाडी समेत उनी नै हुनु पर्छ । मैले उनको लागि केहि गर्नु परेको छैन । उनी जे छन् त्यो सबै आफ्नो मेहेनतले छन् ।’ मोड्रिच दुई साताअघि मोनाकोमा भएको यूईएफए अवार्ड समोरहमा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।