मेसीले केही समयको लागि अर्जेन्टिनाको राष्ट्रिय टिम छोड्ने

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही सयमको लागि अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका छन् । टीएण्डटी स्पोर्टसका पत्रकार हेर्नान्न कास्टिलो जनाए अनुसार मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका हुन् ।

विश्वकपमा खराब प्रदर्शन गरेको कारण प्रशिक्षक जोर्गे साम्पावलीले प्रशिक्षक पद छोडेका छन् भने हाल लियोनल स्कालोनीलाई अन्तरिम प्रशिक्षक बनाइएको छ । स्कालोनीले मेसीलाई सन् २०१८ मा हुने खेलहरु खेल्नको लागि मनाएका छैनन् ।

मेसी र स्कालोनीबीच यसबीचको कुराहरु भए पनि मेसीले ब्रेक लिने बताइएको छ । तर, मेसीले ब्रेक लिने भन्नेबारेमा अर्जेन्टिनाको एफएले आधिकारीक जानकारी दिएको छैन ।

यदी मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलहरु नखेल्ने हो भने उनले सेप्टेम्बर ७ मा हुने ग्वाँटेमालासँग हुने खेल तथा सेप्टेम्बर ११ मा हुने कोलम्बियासँगको खेल तथा अक्टोबरमा हुने ब्राजिलसँगको खेल गुमाउनेछन् ।

– बार्सा नेपाल बाट