मेसीको लेभलमा एम्बाप्पे होइन नेमार पुग्न सक्छन् : जावी

बार्सिलोनाका पूर्व लिजेण्ड जावीका अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलियन एम्बाप्पे भन्दा नेमारको लियोनल मेसीको लेभलमा पुग्न सक्ने सम्भावना रहेको बताएका छन् । स्मरणीय छ कि युरोपका शिर्ष पाँच लिगहरुमध्ये एम्बाप्पे फ्रेन्च लिग वानको ८ खेलबाट ११ गोलका साथ हाल टप स्कोरर छन् ।

एम्बाप्पेका लागि बर्ष २०१८ निकै शानदार रह्यो । उनले फ्रान्सका लागि फिफा विश्वकपको उपाधि जिते भने पिएसजीमा पनि उनको प्रदर्शन तारीफयोग्य रह्यो । फोर फोर टुका अनुसार नेमारसँग बार्सिलोनाबाट खेलिसकेका जावीले नेमारको समर्थन गरेका छन् । साथै उनले यी ब्राजिलिन स्टर मेसीको लेभलमा पुग्न सक्ने बताएका छन् । जावीका अनुसार एम्बाप्पेले फुटबलमा अझै पनि धेरै कुरा सिक्न बाँकी रहेको मान्छन् ।

क्याटलोनिया रेडियोसँग कुराकानीका क्रममा जावीले भने, “किलियन एम्बाप्पे निकै उत्कृष्ट खेलाडी हुन् । उनी निकै प्रभावशाली छन् । यति सानो उमेरमा पनि उनी निकै फरक छन् । तर उनी फँस्न सक्छन्, यो अनुमान लगाउन निकै कठिन छ ।

उसमा अझै पनि फुटबलबारे परिपक्वता छैन तर उनको नाम राम्रा खेलाडीहरुको सूचीमा सामेल छ । उसलाई अझै राम्रो सोच्नु पर्ने आवश्यक छ । नेमार यस्ता खेलाडी हुन् कि यदि उनले परिपक्व्तालाई अँगाल्न सके उनी मेसीको लेभलमा पुग्न सक्छन् ।”