“मेरो लागि रोनाल्डो इतिहासको सर्वश्रेष्ठ फुटबल खेलाडी”

ए सी मिलानका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिचले ब्राजिलियन लेजेण्ड रोनाल्डो आफ्नो मन पर्ने खेलाडी रहेको बताए भने रोनाल्डो नजारियो इतिहासका सर्वश्रेष्ठ फुटबल खेलाडी रहेको दाबी गरे।

डिस्कवरी प्लस संग कुरा गर्दै उनले रोनाल्डोको प्रशंसा गरे भने आफू उनीबाट प्रेरित भएको बताए। रोनाल्डो आफ्नो क्यारियरको शीर्ष स्तरमा रहेको बेला सबै सँग रोनाल्डो जस्तो खेल्ने चाहना रहेको उनले दाबी गरे।

“मैले रोनाल्डोको वर्णन गर्नु पर्दैन। उनी निकै उत्कृष्ट थिए।- जाल्टनले डिस्कवरी प्लसलाई भने।

“म सधैँ भन्छु कि कोही खेल खेल्ने खेलाडीहरू हुन्छन् भने कोही खेलाडीहरू नै त्यो खेल हुने गर्छन्। मेरो लागि रोनाल्डो ‘खेल’ थिए। जब तपाईँ उनको खेल हेर्नु हुन्छ, तपाई उनी जस्तो खेल्न चाहनुहुन्छ र उस्तै बन्न चाहनुहुन्छ।

“उहाँ जुन शैलीमा अगाडी बढ्नु हुन्थ्यो, जुन तरिकाले उनले आफ्ना स्टेपओभरहरू गर्नु हुन्थ्यो, त्यो उत्कृष्ट थियो, मेरो लागि उनी इतिहासको सबैभन्दा महान् खेलाडी हुन्।”