‘मेरो र रोनाल्डो बीच निकै स्वच्छ र राम्रो प्रतिस्पर्धी छ’ – मेस्सी

अहिलेको विश्व फुटबलमा विशेष गरी मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा देखिन्छ । फुटबल प्रेमीहरुले यी दुई खेलाडीको खेल कौशलताको बारेमा विभिन्न धारणा राख्ने गरेको पाइन्छ । केही समय अघि रोनाल्डोले एक अन्र्तवार्तामा मेस्सी सँगको प्रतिस्पर्धाको बारेमा मुख खोलेका थिए । अन्र्तवार्ताको क्रम्ममा रोनाल्डोले मेस्सीलाई इटाली आएर खेल्न भन्दै चुनौती समेत दिएका थिए । स्पेनिस बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीको ताजा अन्तर्वार्ता सार्वजनिक भएको छ । उनले स्पेनको पत्रिका ‘मार्सा’सँग विशेष कुराकानी गरेका छन् ।

सो अन्तर्वार्तामा मेस्सीलाई उनका खास प्रतिस्पर्धी इटालियन युभेन्टसका पोर्चुगिज रोनाल्डाबारे प्रश्न सोधिएको थियो । त्यसक्रममा मेस्सीले रोनाल्डोप्रति आदर व्यक्त गरेका छन् ।
मेस्सीले रोनाल्डोसँगको आफ्नो प्रतिस्पर्धा निकै आत्मीय, स्वच्छ भए पनि फ्यानहरूका लागि भने त्यो निकै रमाइलो रहेको हुन सक्ने बताए ।

‘मेरो र क्रिस्टियानोबीचको प्रतिस्पर्धी निकै स्वच्छ र सुन्दर छ,’ मेस्सीले भनेका छन्, ‘तर, यो समर्थकका लागि भने निकै रमाइलो भइरहेको होला ।