“मेरो पहिलो फुटबल जर्सी म्यान्चेस्टर युनाइटेडको थियो”

म्यान्चेस्टर युनाइटेडका नयाँ स्टार स्ट्राइकर ओडियन इघालो भन्छन, उनी सानो हुँदा युनाइटेडको जर्सी लगाएर हुर्केका थिए।

“मसँग म्यान्चेस्टर युनाइटेडको जर्सी थियो तर पछाडि कुनै खेलाडीको नाम थिएन,” उनले आधिकारिक क्लब पत्रिका इनसाइड युनाइटेडलाई भने।

“त्यो मेरो पहिलो फुटबल जर्सी थियो ।

“यो पुरानो निलो मध्ये एक थियो तर पछाडि नाम थिएन। पछाडि नामहरू राख्न पैसा तिर्नु पर्ने हुन्थ्यो र यसको लागि भुक्तानी गर्न म संग कुनै पैसा थिएन! मैले भर्खरै जर्सी पाएको थिए।

“यो निलो थियो तर लामो समय पहिले। म धेरै सानो थिए म राम्रो संग सम्झन सक्दिन।”