“मेरो परिवार रोए जब मैले उनीहरूलाई भने कि म बार्सिलोना छोड्न चाहन्छु”

क्लब छोड्ने निर्णय गर्दा आफ्नो परिवारको प्रतिक्रिया बारे लिओनेल मेस्सीले बोलेका छन्। मेस्सीले हाल क्लब छोड्ने निर्णयलाई रद्द गरेका छन् र अर्को एक सिजन बार्सामै रहने कुरा पुष्टि भएको छ।

अर्जेन्टिनी स्टारले बार्सिलोनामा करीव २० बर्ष बिताएका छन्, जहाँ उनी आफ्नो पत्नी र तीन छोराहरू थिआगो, माटेओ र सिरोसँग बस्छन्।

जब मैले मेरी श्रीमती र छोराहरुलाई बार्सा छोड्न चाहेको कुरा बताएँ, यो एउटा क्रूर समय थियो, “मेस्सीले गोल डटकमलाई भने।

“मेरो पूरै परिवार रुन थाले, मेरा छोराहरू बार्सिलोना छोड्न चाहँदैनथे न त आफ्नो स्कूल बदल्न चाहन्थे।

“तर मैले टाढा हेरे र म उच्च स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु, उपाधि जित्न चाहन्छु, च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न चाहन्छु।

“तपाईं यसमा जित्न वा हराउन सक्नुहुन्छ, किनकि यो धेरै गाह्रो छ, तर तपाईंले प्रतिस्पर्धा गर्नुपर्दछ।

“कम्तिमा यसको लागि प्रतिस्पर्धा गर्नु सक्नु पर्छ र रोम, लिभरपूल, लिस्बनमा जस्तो ढल्न हुन्दैन। “ती सबै कुराले मलाई त्यो निर्णय बारे सोच्न लगायो जुन म गर्न चाहन्थें।

“माटेयो अझै सानो छ र उसले यो महसुस गरेन कि यसको अर्थ क हो अरु कतै जाने र आफ्नो जीवन परिवर्तन गर्ने।

“थिआगो, अलि ठुलो छ , उसले टिभीमा केहि सुने र केहि पत्ता लगाए र सोधे। “ऊ रुन थाल्यो उसले बार्सिलोना छोडेर नजानु भनेर बिन्ती गरे।