“मेरो छोराले रोनाल्डो, एम्बाप्पे र नेयमारको धेरै कुरा गर्छ” – मेस्सी

लियोनल मेस्सीले आफ्नो पछिल्लो अन्तवार्तामा छोराले बार्सिलोनका अन्य स्टार लुइस सुआरेज, एन्टोनी ग्रिजमान तथा पीएसजीका केलियन एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्ने गरेको बताएका छन्।

‘हाम्रो सम्बन्ध राम्रो भएका स्वारेज, ग्रिजमनका बारेमा कुरा गर्छन’ , उनले भनेका छन्, ‘उनले एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्छन्।’

अटूरो भिडालसँगको पहिलो भेटमै छाेरा फ्यान भएकाे मेस्सी बताउँछन्। ‘भिडालसँग उनी कपालको कारण प्रभावित भएका छन्’ मेस्सीले भने ।

मेसी थिएगोलाई खेलाडीका बारेमा नयाँ कुरा सोध्न पनि चासो रहेको बताउँछन्। ‘उसलाई उनीहरुका बारेमा धेरै थाहा छ,’ मेस्सीले भने,‘ उनी अझ उनीहरुका बारेमा जान्न चाहन्छन्।’

थिएगो मेसी अहिलेदेखि नै फुटबलमा निकै रुचि राख्ने गर्छन् र भविष्यमा बार्सिलोनाबाट खेल्ने बताउँछन् । थिएगो पनि बार्सिलोनाको एकेडेमीमा खेल्दै आएका छन्। भर्खरै उनले गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो।