मेघराज केसीले केपी ओली एफसी सम्हाल्ने

‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले केपी ओली कप प्रतियोगिताको आयोजित क्लब सम्हाल्ने भएको छ ।

केपी ओली कपमा ७ ‘ए’ डिभिजन क्लबका साथै आयोजित क्लब केपी ओली एफसी गरि ८ क्लबले प्रतियोगितामा सहभागी जनाउने छ ।

थ्री स्टार क्लबले केपी ओली कपमा सहभागी नजनाउने भएपछि क्लबका मुख्य प्रशिक्षक मेघराज केसीलाई आयोजित क्लबले यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

यस प्रतियोगिता पछि केसी पुर्न थ्री स्टारमा फर्कने छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका साविक विजेता मछिन्द्र क्लब, न्यु रोड टिम, चर्च बोइज, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र आयोजित क्लब केपी ओलि एफसीले सहभागी जनाउने छ ।

प्रतियोगिता फाल्गुन ११ देखि सुरु हुनेछ ।