मेक्सिकन बक्सिङ स्टारले मागे मेस्सी सँग माफी 

मेक्सिकन बक्सिङ स्टार क्यानेलो अल्भारेजले फुटबल सुपरस्टार मेस्सी सँग माफी मागेका छन्।

केही दिन अघि अर्जेन्टिनाले मेक्सिकोलाई २-०ले पराजित गरे पछि ड्रेसिङ रुममा अर्जेन्टिनाका खेलाडीहरूले सेलेब्रेट गरेको भिडियो भाइरल भएको थियो र उक्त भिडियोमा अर्जेन्टिनाका स्टार मेस्सीले मेक्सिकोको जर्सीलाई लात हानेको आरोप लागेको थियो र मेक्सिकन बक्सिङ स्टार क्यानेलो अल्भारेजले मेस्सीको आलोचना गर्दै उनलाई धम्की पनि दिएका थिए।

उक्त भिडियोमा मेक्सिकोको जर्सी उक्त ड्रेसिङ रुमको भुईँमा देख्न सकिन्छ भने मेस्सीले उक्त जर्सीलाई केही छोएको मात्र देख्न सकिन्छ तर अल्भारेजले मेस्सीले मेक्सिकोको जर्सी र झन्डाले भुईँ पुछेको भन्दै मेस्सीलाई गाली गरेका थिए भने अल्भारेजले हाल मेस्सी र अर्जेन्टिना सँग माफी मागेका छन्।

“पछिल्ला केही दिनहरूमा, मैले आफ्नो देशको लागि जुनून र माया महसुस गर्दै म गलत ठाउँमा पुगे र मैले केही गलत टिप्पणीहरू गरेँ, त्यसैले म मेस्सी र अर्जेन्टिनाका जनतासँग माफी माग्न चाहन्छु।- मेक्सिकन बक्सिङ स्टार क्यानेलो अल्भारेजले माफी माग्दै ट्विटरमा पोस्ट गरे।

“हामी हरेक दिन केही नयाँ सिक्छौँ, यो समय मैले केही सिकेँ।”

क्यानेलो अल्भारेजले फुटबल सुपरस्टार मेस्सीलाई धम्की दिए पछि अगुएरो, फाब्रेगास जस्ता अन्य फुटबल स्टारहरूले मेस्सीको पक्षमा बोल्दै ड्रेसिङ रुममा जर्सी भुईँमा हुने कुरा सामान्य रहेको बताए भने अल्भारेजको धेरै आलोचना पनि भएको थियो।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ