मेक्लक्लिनको विश्व रेकर्डसंगै स्वर्ण पदक

एजेन्सी, टोक्यो ओलम्पिकमा जारी महिला तर्फ ४०० मिटर हडल्स सिड्नी मेक्लक्लिनले जितेकी छिन । उनले आफ्नै रेकर्डलाई तोड्दै स्वर्ण पदक जितेकी हुन् ।

उनले निर्धारित ५१.४६ सेकेन्डमा दौड पूरा गरिन । यस्तै, विश्व विजेता तथा रिओ ओलम्पिक स्वर्ण विजेता ड्यालिलाह मुहाम्मदले ५१.५८ सेकेन्डमा पूरा गर्दै रजत जितिन ।

त्येस्तै, नेदरल्यान्डसकि फेम्के बोलले तेश्रो स्थान हासिल गर्दै कास्य पदक जित्न ५२.०३ सेकेन्डमा पुरा गरिन ।

मेक्लक्लिनले गत जुनमा ५१.९० सेकेन्डको रेकर्ड बनाएकी थिइन् । उनले उक्त रेकर्ड समेत तोडेकि हुन ।

मुहाम्मदले सुरुवात राम्रो गरे पनि अन्तिममा सम्हाल्न नसक्दा रजतमा जितेकी हुन् ।