मुलरले गरे अलाबाको यस्तो हास्यास्पद बिदाइ

बार्यन म्युनिकका जर्मन अट्याकर थोमस मुलरले आफ्नो टिममेट डेभिड अलाबालाई बिदाइ सन्देश दिएका छन् ।

डेभिड अलाबाले बार्यनमा आफ्नो लामो यात्रामा टुंगो लगाउने भएको छ ।

यस सिजनको अन्त्य पछि क्लब छोड्ने घोषणा गरेका अलाबालाई टिममेट मुलरले हास्यास्पद सैलिमा बिदाइ सन्देश दिएका छन् ।

“धेरै धन्यवाद, र नयाँ क्लबमा शुभकामना ।

मलाई थाहा छन् कुन क्लब जादै छौ, तर धेरै कुराहरु छ ।

तर जुन सुकै क्लब जान्छौं तिमिले पछुताउने छौं किनभने जब हामी एकअर्कासंग आम्नेसाम्ने हुन्छौं तिमीले चाकमा लात खानेछौ ।”

डेभिड अलाबाले रियलसंग सम्झौता गरिसकेको रिपोर्टसहरुले जनाएका छन् ।