मुलपानीको मैदान लथालिङ्ग अवस्थामा (भिडियो हेर्नुहोस)

१३ वर्षको अथक प्रयासपछि मुलपानी क्रिकेट मैदान खेल्नयोग्य भएको छ ।

२०६१ सालदेखि बनाउन थालिएको ग्लोबल एकेडेमीमा ढिलै भएपनि मैदान भने खेल्नयोग्य भएको थियो । नेपाल क्रिकेटका लागि ‘न्यूट्रल भेन्यू’ बन्ने सम्भावना रहेको मुलपानीकाे मैदान केहि दिन देखि लथालिङ्ग अवस्थामा रहेकाे छ!

मुलपानीमा क्रिकेट मैदान निर्माण १३ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन ।

मुलपानीमा क्रिकेट मैदान बनाउने भनेर हरेक वर्ष बजेट छुटि्टएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन । झन क्रिकेट संघ निलम्बनमा परेपछि सबै काम अलपत्र भएको थियो । मुलपानीको प्याराफिट अहिले चिटिक्क भएपनि मैदा लथालिङ्ग रहेको छ!