एजेन्सी । बोरुसिया डर्ट्मुण्डका युवा स्ट्राइकर युसुफा मुकोकोले बोचुमविरुद्ध गोल गर्दै नयाँ किर्तिमान रचेका छन् । उनले डर्ट्मुण्डको जितमा दुई गोल गर्दै किर्तिमान रचेका हुन् ।
उनले बुन्डेस्लिगामा १० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । मुकोकोले किर्तिमान रच्दा १७ वर्ष ३५० दिनका रहेका थिए ।
त्यस्तै, डोन्येल मलेनलाई डिबक्समा लडाए पछि रेएनाले पेनाल्टीमा गोल गरेका थिए ।
डर्टमुण्डका लागि जारी सिजन युवा खेलाडिहरुले प्रभावसाली प्रदशन गरेका छन् । क्लबले बुन्डेसलिगामा २३ गोलमा युवा खेलाडिहरुले १२ गोल योगदान गरेका छन् ।
यस्तै, यो जित पछि डर्ट्मुण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।