मिलान शिर्ष स्थानमा

एजेन्सी, इटालियन सेरि ‘ए’मा एसी मिलान विजय भएको छ । मिलानले मंगलबार राति भएको खेलमा टोरिनोलाई १-० गोलले हराएको छ ।

मिलानको जितमा जिरुडले निर्णायक गोल गरे ।

खेलको १३ औं मिनेटमा कर्नरबाट आएको बल क्रुनिकले छुदै नजिकबाट जिरुडले गोल गरेका थिए ।

टोरिनोले खेलमा फर्किन प्रयास गरे पनि बैकल्पिक खेलाडि डेनिस प्राट र सानब्रियाको प्रायस बारमा लागेर फर्केका थिए ।

यो जितसंगै मिलान अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
उसले १० खेलबाट ९ जित र १ बराबरी नतिजा निकाल्दै २८ अंक जोडेको छ ।

हारसंगै टोरिनो १२ औं स्थानमा रहेको छ । उसले ११ जोडेको छ ।