मिलान फर्किए ज्लाटन ईब्राहिमोभिच

स्विडेनका स्टार ज्लाटन ईब्राहिमोभिच सिरि ए क्लब एसी मिलानमा लागेका छन् ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका पुर्व स्टार ईब्राहिमोभिचले सिरि ए क्लबसंग ६ महिनाको सम्झौता गरेका हुन् ।

अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधान सहित उनी पुन एसी मिलान पुगेका हुन् ।

३८ बर्षका उनले मेजर लिग सकरको सिजनको अन्तिममा एलए ग्यालेक्सी छाडेका थिए ।

ईब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेलेका थिए । उनले ६१ वटा लिग खेलमा ४२ गोल गरेका थिए ।

उनी सन् २०१८ मा अमेरिकन क्लब एलए ग्यालेक्सीमा आबद्व भएका थिए । उनले त्यहाँ ५३ गोल गरेका थिए । उनी सन् २०१८ र १९ को उत्कृष्ट ११ को टिममा समेत पर्न सफल भएका थिए ।
मिलानले सन् २०११ यता मुख्य उपाधि विहिन छ ।

सात पटकको युरोयिन च्याम्पियन एसी मिलान निकै खराब लयबाट गुज्रिरहेको छ । क्लबले १७ खेलमा मात्र २१ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ ।