मिड्फिल्डरले गोलपोस्ट सम्हालेको खेलमा क्लबको रोमान्चक जित

कोरोना संक्रमणका कारण अर्जेन्टिनाको क्लब रिभर प्लेटका २० जना खेलाडीहरु नहुदा पनि क्लबले कोपा लिभर्टाडोरेसमा इन्डिपेन्डियन्टेविरुद्ध २-१ को जित निकालेको छ ।

क्लबका सबै गोलकिपरलाई कोरोना देखेपछि गोलपोस्ट मिड्फिल्डर इन्जो पेरेजले सम्हालेका थिए, जो आफै घाइते थिए ।

खेलाडीहरुमा संक्रमण देखेपछि रिभर प्लेटमा मात्र ११ खेलाडी रहेको थियो । सब्स्टिट्युटमा समेत कुनै खेलाडी थिएनन् ।

यसको बाबजुद पनि क्लबले महत्त्वपूर्ण जित निकाल्न सफल रह्यो ।